सिंगापुरका तेस्रो तथा वर्तमान प्रधानमन्त्री ली सेन लुङ विश्वमा सबैभन्दा धेरै वार्षिक आम्दानी गर्ने नेता हुन् । सन् २००४ मा सिंगापुरको प्रधानमन्त्री पद सम्हालेका लुङ सिंगापुरका प्रथम प्रधानमन्त्री ली क्वान युका छोरा हुन् । पिपुल्स एक्सन पार्टीका महासचिव लुङ प्रधान मन्त्रीभन्दा पहिले सिंगापुरका उद्योग तथा व्यापारमन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री पनि भइसकेका थिए ।
उनले अहिले बर्से्नि १७ लाख अमेरिकी डलर तलब बुझ्छन् । सामान्य सिंगापुरका नागरिकको आयभन्दा यो तलब ३० गुणा बढी हो । सन् २००८ देखि २०१२ सम्म त लुङको तलब यसको झन्डै दोब्बर थियो । त्यतिवेला उनले बर्से्नि २८ लाख ५६ हजार नौ सय ३० अमेरिकी डलर तलब बुझ्थे । २०१२ मा जनताले उनको तलब अत्यन्त धेरै भएको भन्दै प्रदर्शन गरेपछि लुङले तलब कटौती गरेका थिए । यति धेरै कटौती गर्दा पनि विश्वमा सबैभन्दा धेरै तलब लिने नेता लुङ नै हुन् ।






